Friday, December 5, 2025
Homeफिचरसात दिनमा तोलामा ५ हजार रुपैयाँ बढ्यो सुनको मूल्य

सात दिनमा तोलामा ५ हजार रुपैयाँ बढ्यो सुनको मूल्य

विराटचोकः सुनको मूल्य यस साता ४ हजार ९०० रुपैयाँ बढेको छ । चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ बढेर उच्च मूल्यको रेकर्ड कायम भएको छ ।

गत आइतबार प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबारसम्म लगातार बढेको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको थियो ।

गत आइतबार १ हजार ९८५ रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार २ हजार १५० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्यले हालसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड बनाएको छ । यस अघि चाँदीको उच्च मूल्यको रेकर्ड २०८१ साल कात्तिक ७ गते २ हजार १३५ रुपैयाँ पुगेर कायम भएको थियो ।

चाँदीको भाउ बुधबार स्थिर रहेको थियो भने बाँकी सबै दिन बढेको थियो ।

विश्वमा भएका आर्थिक तथा राजनीतिक गतिविधिलाई विश्लेषण गरेर अर्थशास्त्रीले सुनचाँदीको भाउ अझै बढ्न सक्ने अनुमान गरेका छन् ।

चाँदीको भाउ हालसम्मकै उच्च

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments