विराटचोकः समता समाज नेपाल सुन्दरहरैंचाको आयोजनामा भएको समता कप खुला नकआउट फुटसल प्रतियोगितामा योङ स्टार भाउन्ने विजयी भएको छ ।
विजयी योङ स्टारले ३ का विरुद्ध ७ गोल गर्दै एबी फाइभ विराटनगरलाई पराजित गरेको हो । प्लानेट फुटसल विराटचोकमा भएको प्रतियोगितामा विजयी हुने खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले प्रमाणपत्र, शिल्ड तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा विभिन्न विधाका खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो । फाइनल खेलको म्यान अफ द म्याच विधाको पुरस्कार सुरेश खत्रीलाई प्रदान गरिएको थियो । राइजिङ प्लेयरको पुरस्कार दीपेन्द्र बस्नेतले र म्यान अफ दि सिरिजको पुरस्कार अनिस भुजेलले प्राप्त गरेका थिए ।







