पोखराः पर्वतको सेराफाँट (वीरेठाँटी–नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म ८१ दशमलव ०४१ किलोमिटरको लामो केबुलकार निर्माण हुने भएको छ । निर्माण सम्पन्न भएपछि यो केबुलकार विश्वकै सबैभन्दा लामो केबुलकारमध्येको एक हुनेछ ।
सात स्थानमा स्टेशन रहने सो केबुलकार निर्माणको लागि ५७ अर्ब ६४ करोड ३७ लाख खर्च हुने बताइएको छ । निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण गर्ने गरी लगानी बोर्ड नेपालको ६४ औं बैठकले उक्त परियोजना अघि बढाउने निर्णय गरेको छ ।
मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्ने उक्त केबुलकार निर्माण प्रक्रियाको लागि बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन भएको छ ।
हाल विश्वकै सबैभन्दा लामो केबुलकार स्वीडेनमा छ । सो केबुलकारको लम्बाइ १३ दशमलव २ किलोमिटर छ ।







