Friday, December 5, 2025
Homeकला र साहित्यनझरेका फूलहरूद्वारा सुन्दरहरैंचामा प्रा.डा. कृष्णहरि बराल सम्मानित

नझरेका फूलहरूद्वारा सुन्दरहरैंचामा प्रा.डा. कृष्णहरि बराल सम्मानित

विराटचोकः साहित्यकार र कलाकारको सम्मानमा क्रियाशील संस्था नझरेका फूलहरूले गजलकार प्रा.डा. कृष्णहरि बराललाई सुन्दरहरैंचामा सम्मान गरेको छ ।

साहित्यकार बरालले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला, नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

सम्मानित साहित्यकार बरालले आफूले रचना गरेको ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीतको रचनागर्भको बारेमा जानकारी दिनुभएको थियो । गजल र गीत कसरी लेख्ने भन्ने बारेमा पनि उहाँले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल र मनु मञ्जिललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्यकार पुरन याक्खा, सुन्दर कुरुप र सिजन श्रेष्ठले आफ्ना रचना वाचन गर्नुभएको थियो । गायक दुर्गा पराजुलीले प्रा. डा. कृष्णहरि बरालरचित एउटा र डा. नवराज लम्सालरचित एउटा गीत गाउनुभएको थियो ।

यादव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रेखा सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments