Friday, December 5, 2025
Homeकला र साहित्यनझरेका फूलहरूद्वारा आयोजित सृजनात्मक उत्सवको पहिलो दिन काव्य उत्सव

नझरेका फूलहरूद्वारा आयोजित सृजनात्मक उत्सवको पहिलो दिन काव्य उत्सव

विराटचोकः सुन्दरहरैंचामा क्रियाशील साहित्यिक संस्था नझरेका फूलहरूले आयोजना गरेको सृजनात्मक उत्सवको पहिलो दिन हिजो भएको काव्य उत्सवमा मोरङ र सुनसरीका विभिन्न कविले आफ्ना कविता सुनाएका छन् ।

सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि कवि कुन्ता शर्मा हुनुहुथ्यो । शर्माले आफूलाई कण्ठस्थ भएको एउटा कविता सुनाउनुभएको थियो । उहाँले दिएको साहित्यिक तथा समसामयिक मन्तव्यले उपस्थित सबैको मन जितेको थियो ।

कार्यक्रममा साहित्यकार अमृतप्रसाद आचार्य, डा. दीपक न्यौपाने, देवान किराँती, गीताप्रसाद श्रेष्ठ, वासु अधिकारी, हीरा खड्का अधिकारी, इरान राई, मीनकुमार नवोदित श्रेष्ठ, किरण टी लिम्बू, सोम भट्टराई, विनोद विवश, नवीन थापा क्षेत्री, अमित थेबे मिहाङ, रमेश निरौला र पुष्पा बोगटीले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

साहित्यकार रुपक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments