Friday, December 5, 2025
Homeअर्थसुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा सामुहिक बजेट श्रवण कार्यक्रम

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा सामुहिक बजेट श्रवण कार्यक्रम

विराटचोकः गत वर्ष झैँ यस वर्ष पनि सुन्दरहरैंचा उद्योग वाणिज्य संघले सामुहिक रुपमा बजेट भाषण सुन्ने र अन्तरक्रिया गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

संघीय सरकारले हिजो १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको अनुमानित बजेट आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको छ । सो बजेट भाषण प्लानेट लाउञ्ज विराटचोकमा सामुहिक रुपमा बसेर सुन्ने तथा प्रतिक्रिया दिने काम व्यवसायीले गरेका हुन् ।

बजेटपछि प्रतिक्रिया दिने अधिकांशले बजेट राम्रो भए पनि कार्यान्वयनमा शंका व्यक्त गर्नुभएको थियो । त्यस्तै, बजेटको पूर्ण स्रोत सुनिश्चित नभएकाले कतिपय योजनाका लागि छुट्याइएको रकम प्राप्तिमा संशय रहेको व्यवसायीको भनाइ थियो ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघले गत वर्षदेखि बजेट प्रत्यक्ष रुपमा सुनेर अन्तरक्रिया गर्ने कार्यक्रम शुरु गरेको हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments