विराटचोकः आज संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सर्वाजनिक गर्दैछ । बजेट आर्थिक दस्तावेज मात्र नभएर सरकारको नीति, प्राथमिकता र दृष्टिकोण झल्काउने औपचारिक प्रस्तुति पनि हो । यहाँ नेपालका लामा तथा छोटा बजेटको बारेमा जानकारी प्रस्तुत गरिएको छ ।
नेपालका लामा र छोटा बजेट भाषण
नेपालको सबैभन्दा लामो बजेट भाषण आर्थिक वर्ष ०७८\०७९ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको थियो । सो बजेट भाषण ३ घण्टा ५ मिनेट लामो थियो । १६ खण्डमा विभाजित बजेट भाषणमा सरकारका कार्यक्रम र योजनाहरू विस्तारपूर्वक समेटिएका थिए ।
त्यस्तै, नेपालको सबैभन्दा छोटो बजेट भाषण आर्थिक वर्ष २०५१\०५२ मा तत्कालीन अर्थमन्त्री रामशरण महतले प्रस्तुत गर्नुभएको थियो । करिब ३० मिनेटमा प्रस्तुत गरिएको सो बजेट अन्तरिम सरकारको बजेट भएकाले केवल साङ्केतिक खर्च स्वीकृति र अत्यावश्यक कार्यक्रम मात्र समेटिएको थियो ।
त्यसो त नेपालको सबैभन्दा छोटो भाषण देशकै पहिलो अर्थमन्त्री सुवर्ण समशेरको नाममा रहेको बताइन्छ । २००८ माघ २१ गते नेपालकै पहिलो बजेट सार्वजनिक गर्दा उहाँले जम्मा ३० मिनेट मात्रै समय खर्च गर्नुभएको थियो ।
यी हुन् संसारका सबैभन्दा लामा तीन र सबैभन्दा छोटा तीन बजेट भाषण
संसारको छोटो बजेट भाषण जम्मा ८०० शब्दको, लामो भाषण चाहिँ कुन







