गोठगाउँः एकात्मक राजतन्त्रको अन्त्य गरी देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन भएको हुनाले आजको दिनलाई नेपालमा गणतन्त्र दिवसको रुपमा मनाइन्छ ।
पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
२०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो ।
संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको अन्त्य गरी गणतन्त्रात्मक व्यवस्था लागू भएको घोषणा गरेको थियो ।
लोकतन्त्र स्थापना भएपछि २०६३ जेठ ४ गतेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । त्यसलाई नेपाली विशेषताको ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । सोही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो ।
संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।







