विराटचोकः भोलि संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि संसदमा बजेट प्रस्तुत गर्दैछ । नेपालका बजेट भाषण लामा हुने गर्दछन् । तर पनि संसारको सबैभन्दा लामो बजेटको रेकर्ड भने भारतीय अर्थमन्त्रीको नाममा छ ।
यहाँ विश्वका लामा र छोटा तीनतीन बजेट भाषणको बारेमा जानकारी दिइएको छ ।
संसारका सबैभन्दा लामा बजेट भाषण भारतीय अर्थमन्त्रीका
संसारका सबैभन्दा लामा तीन बजेट भाषणमा सबै भारतका बजेट भाषण परेका छन् ।
सन् २०२० मा तत्कालीन भारतीय वित्तमन्त्री निर्मला सीतारमणले दिएको बजेट भाषण नै हालसम्मको संसारको सबैभन्दा लामो बजेट भाषण हो । उनले २ घण्टा ४२ मिनेट लामो भाषण गरेकी थिइन् । प्रतिकूल स्वास्थ्य अवस्थाका कारण उनले आफ्नो भाषण छोट्याएको बताइन्छ ।
त्यसअघि सन् २०१९ मा उनै वित्तमन्त्री निर्मला सीतारमणले दिएको बजेट भाषण विश्वकै दोस्रो लामो बजेट भाषण हो उनले २ घण्टा १५ मिनेट लामो भाषण गरेकी थिइन् ।
तेस्रो लामो बजेट भाषण पनि भारतीय वित्तमन्त्रीले नै गरेका थिए । तत्कालीन वित्तमन्त्री डा. मनमोहन सिंहले २९ फेब्रुअरी १९९१ मा दिएको २ घण्टा १३ मिनेट लामो बजेट भाषण विश्वकै सबैभन्दा तेस्रो लामो बजेट भाषण हो ।
यी हुन् सबैभन्दा छोटा बजेट भाषण
सबैभन्दा लामा बजेट भाषण भारतका भएजस्तै सबैभन्दा छोटो बजेट भाषण पनि भारतीय वित्तमन्त्रीकै नाममा छ ।
सन् १९७७ मा भारतका तत्कालीन अर्थमन्त्री हिरूभाई मुल्जीभाई पटेलले अन्तरिम सरकारका लागि प्रस्तुत गरेको बजेट भाषण जम्मा ८०० शब्दको थियो ।
त्यसपछिको छोटो बजेट भाषण संयुक्त राज्य अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनले सन् १७९० मा गरेका थिए । जम्मा ८३३ शब्दको सो भाषण लगभग ५ मिनेटमा सकिएको थियो ।
त्यसबेला बजेट भाषणको परम्परा थिएन ।
संसारको छोटो बजेट भाषण जम्मा ८०० शब्दको, लामो भाषण चाहिँ कुन







