विराटचोकः आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत हुने अघिल्लो दिन नेपालको शेयर बजारमा बैंकिङ सूचकले नेप्सेलाई बढाएको छ । आज सबैभन्दा धेरै १ दशमलव ८८ प्रतिशत बैंकिङ सूचक बढेको छ ।
आज नेप्से परिसूचक १७ दशमलव ४४ अंक बढेर २६९३ दशमलव ०६ अंकमा पुगेको छ । आज ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार बढेसँगै भर्खरै आईपीओ सूचीकृत भएका ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको शेयरमूल्य १० प्रतिशत बढेको छ । वाराही हाइड्रोपावरको सर्वाधिक ५ दशमलव २६ प्रतिशतले घटेको छ ।
आज ङादी ग्रुप पावर कम्पनीको १ अर्ब ५ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । राधी विद्युत कम्पनीको ६० करोड ६ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।
८ उपसमूहको परिसूचक बढेको छ भने ५ वटा उपसमूहको परिसूचक घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ८३ अर्ब ८० करोड ४१ लाख ८२ हजार ८४१ रुपैयाँ निर्धारण भएको छ ।







