Tuesday, December 24, 2024
Homeखेलकुदफागुनमा खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने

फागुनमा खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने

खाँदबारीः कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरको आयोजनामा संखुवासभा सदरमुकाम खाँदबारीमा फागुन १५ देखि १९ गतेसम्म मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

भलिबल संघका केन्द्रीय सदस्य प्रवीण श्रेष्ठका अनुसार प्रतियोगितामा ७ प्रदेशका ७ टिम तथा विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहभागी हुने छन् । भलिबल संघ संखुवासभाले संयोजन गर्ने प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति संखुवासभा र कोशी प्रदेश भलिबल संघले सहकार्य गर्ने भएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको भलिबल संघ संखुवासभाका अध्यक्ष मोदिनी घिमिरेले बताए । कोशी प्रदेशबाट २० लाख बजेट विनियोजन भएको र बाँकी २० लाख रुपैयाँअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहबाट १–१ लाख रुपैयाँ र अन्य सहयोगीदातहरूबाट रकम सङ्कलन गरिने बताइएको छ ।

लिग कम नकआउटको आधारमा हुने प्रतियोगितको विजेताले ३ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार रुपैयाँ, तेस्रो हुनेले ५० हजार रुपैयाँ र चौथो हुने टिमले ३० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट ५ विधामा जनही नगद ५० हजार तथा सर्वोत्कृष्ट पुरस्कार नगद २५ हजार रुपैयाँ पाउने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments