विराटनगरः प्रहरीले मोरङको सुनवर्षीबाट ३०० किलो गाँजा बरामद गरेको छ । आज बिहान ३ बजे बक्राहा खोला किनारबाट सो परिमाणको गाँजा बरामद भए पनि कारोबारी भने भागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ७ ओटा बोरामा राखिएको गाँजा बरामद भएको हो । गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी र बरडंगाबाट प्रहरी टोली सो स्थानमा पुगेको थियो ।







