Friday, December 5, 2025
Homeफिचरसुन्दरवाटिका एकेडेमीमा दीक्षान्त समारोहको झलक

सुन्दरवाटिका एकेडेमीमा दीक्षान्त समारोहको झलक

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा रहेको सुन्दरवाटिका एकेडेमीमा शुक्रबार विद्यार्थीले कलेज जीवनमा देख्ने दीक्षान्त समारोहको झैँ झलक देखिन्थ्यो । युकेजी पास गरेर कक्षा १ मा पुगेका विद्यार्थीलाई प्रि प्राइमरी तह पार गरेको अवसरमा ग्राजुएसन समारोह आयोजना गरी दीक्षित गरेको थियो ।

दीक्षान्त समारोहमा झैँ विद्यार्थीहरु गाउन तथा टोपी लगाएर सजिएका थिए । विद्यार्थी दीक्षित हुनै लाग्दा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष नेपाली वैज्ञानिक महावीर पुन पनि आफ्नो आत्मकथा बिक्री गर्दै विद्यालयमा पुग्नुभएको थियो । जसले गर्दा कार्यक्रममा थप रौनक छाएको थियो । वैज्ञानिक पुनले सम्पूर्ण विद्यार्थीको उत्तरोत्तर प्रगतिको कामना गर्दै आफ्नो अभियानको बारेमा बताउनुभएको थियो ।

कार्यक्रममा गत शैक्षिक सत्रमा विभिन्न कक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । चालु शैक्षिक सत्रमा आएका नयाँ विद्यार्थीलाई सम्मान गरिएको सो कार्यक्रममा विद्यार्थीले अभिनय, गीत, नृत्य, वक्तृत्व, कथा, कविता, तेक्वान्दोका खेलकौशल आदि प्रस्तुत गरेका थिए ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक तथा विद्यार्थीको संयुक्त नृत्य पनि प्रस्तुत गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments