Friday, May 23, 2025
Homeफिचरसुविजीमुर स्कुलको ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

सुविजीमुर स्कुलको ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

विराटचोकः सुविजीमुर माध्यमिक विद्यालयको ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

सो कार्यक्रममा पत्रकार मणिराम दाहाललाई विद्यालयले नगद १० हजार रुपैयाँसहित सम्मान गरेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए । गत वर्षको शैक्षिक सत्रमा शिक्षा, खेलकुद तथा अन्य विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव अधिकारीले गर्नुभएको थियो । प्रमुख अतिथि प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेत रहनुभएको थियो । अतिथिका रूपमा नारायण कार्की, विद्यालय निर्देशक रमेश खड्का लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष अधिकारीले विद्यालयले ३१ वर्षको यात्रामा हासिल गरेको उपलब्धि उल्लेखनीय रहेको बताउँदै अभिभावक, शिक्षक, विद्यार्थी र समाजको सहकार्यले विद्यालयले सो सफलता प्राप्त गरेको बताउनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments