भोक्राहाः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदरसालाई स्थानीयवासीले चन्दा सङ्कलन गरी खरिद गरिएको बस हस्तान्तरण गरिएको छ ।
बुधबार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको भोक्राहा–२ का वडाध्यक्ष आलम अन्सारीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले विद्यालयका प्रधानाध्यापक समिम अख्तर फलाहीलाई बसको साँचो हस्तान्तरण गर्नुभएको हो ।