विराटचोकः मोरङको सुन्दरहरैँचा–११ शुक्रबारेमा लोहितगंगा मुक्तिघाट निर्माण हुने भएको छ । सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले सो घाटको मलामीघरको शिलान्यास गर्नुभएको छ ।
मुक्तिघाट व्यवस्थापन समिति अध्यक्ष नवराज चापागाईंका अनुसार घाटको नाममा जग्गा प्राप्त भएपछि घाट निर्माण शुरु गरिने छ । बृहत घाट निर्माण गर्न डिपिआर समेत तयार पारिएको छ ।
मेयर गुरागाईँले चालु आर्थिक वर्षमा विनियोजित ४२ लाख रुपैयाँ बजेटबाट घाट र मलामीघर निर्माण हुनेछ । बहुवर्षीय योजनाअन्तर्गत बाँकी काम हुनेछन् ।
शिलान्यास कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, पूर्व प्रदेश राज्यमन्त्री राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाकी पूर्व उपप्रमुख धनमाया तामाङ, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रमुखहरू, संघसंस्थाका प्रतिनिधि तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।