विराटनगरः कोशी प्रदेश सरकारले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ । जेठ १४, १५ र १६ दिवस मनाउन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मंगलबार गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
दिवसलाई दिवसका रूपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी गणतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि भव्य रूपमा मनाउनुपर्छ भन्ने उहाँको भनाइ छ ।