Saturday, May 24, 2025
Homeफिचरपैदलयात्रीलाई ठक्कर दिएपछि अरुण नदीमा खस्यो जीप, ३ जनाको उद्धार गरी उपचार...

पैदलयात्रीलाई ठक्कर दिएपछि अरुण नदीमा खस्यो जीप, ३ जनाको उद्धार गरी उपचार हुँदै

खाँदबारीः खाँदबारीबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४१०३ नम्बरको जीप आज संखुवासभाको धर्मदेवी नगरपालिका–८ सुर्तीबारीबाट अरुण नदीमा खसेको छ ।

पैदलयात्री चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डेलाई ठक्कर दिएपछि जीप अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल अरुण नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो जीपमा जीम मालिक र चालक दुई जना सवार थिए । उनीहरू जीपबाट हाम फालेका थिए । हाम फालेका खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४० वर्षीय जीवन राई र जीप चालक मकालु गाउँपालिका–५ मांसिमाका २० वर्षीय किरण गुरुङको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

जीपको ठक्करबाट घाइते भएका र अरुण नदीबाट उद्दार गरिएकासहित तीनै जनाको तुम्लिङटारको मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments