विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रति तोला २० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।