खाँदबारीः वर्षासँगै परेको चट्याङ लागेर सङ्खुवासभाको मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका १७ वटा भैंसी मरेका छन् ।
मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका १७ वटा भैंसी मरेका हुन् । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पैदल दूरीमा पर्ने बताइएको छ ।







