Wednesday, October 28, 2026
Homeअर्थसवारीदशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना

दशैं अवधिभर कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना

विराटचोकः यस वर्षको दशैं अवधिमा कोशी प्रदेशमा ४१३ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । ७४६ जना घाइते भएका छन् । जसमा ३६ जना गम्भीर घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार सबैभन्दा धेरै मोरङमा १७० दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा ४१३ दुर्घटना हुँदा १७ जना पुरुष र दुई बालिकासहित ५ महिलाको मृत्यु भएको छ । यद्यपि यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो ।

२०८२ सालको दशैं अवधिमा २९१ दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो । ५८ जना गम्भीर र ५०६ जना सामान्य घाइते भएका थिए ।

ट्राफिक प्रहरीका अनुसार यस वर्ष दशैंमा दुर्घटना संख्या भने बढेको छ । प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना मोरङमा भएको छ ।

दशैंभर मोरङमा सबैभन्दा धेरै १७० वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका छन् ।

सुनसरीमा ८७ वटा दुर्घटना हुँदा ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ । सुनसरीमा १५६ जना घाइते भएका छन् ।

झापामा ८४ वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् । उदयपुरमा ३३ वटा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ८९ जना घाइते भएका छन् ।

इलाममा १० दुर्घटनामा २० जना घाइते भएका छन् । पाँचथरमा ७ दुर्घटनामा १२ जना, खोटाङमा ७ दुर्घटनामा ९ जना, ओखलढुंगामा ५ दुर्घटनामा ७ जना, संखुवासभामा ४ दुर्घटनामा ६ जना र ताप्लेजुङमा ३ दुर्घटनामा ६ जना घाइते भएका छन् ।

दशैंको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूमाथि पनि प्रहरीले कडाइ गरेको थियो । नियम मिच्ने २ हजार ४५७ वटा सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ । ती सवारीबाट जरिबाना वापत २५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments