विराटचोकः दशैं बिदापछि आज खुलेको बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदी तोलामा २३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा किनबेच भएको छ । कात्तिक २ गते सोमबारको बजारमा सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि दशैंको बिदामा महासंघले सुनचाँदीको मूल्य निर्धारण गरेको थिएन ।
आज चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा किनबेच भएको छ । कार्तिक २ गते सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार १८५ रुपैयाँमा किनबेच भएको थियो ।





