Saturday, June 14, 2025
Homeफिचरयस्ता छन् सुन्दरहरैंचामा गत तीन वर्षमा भएका उपलब्धि

यस्ता छन् सुन्दरहरैंचामा गत तीन वर्षमा भएका उपलब्धि

विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा नगर प्रमुख केदारप्रसाद गुरागाईको नेतृत्वमा बनेको स्थानीय सरकारले हालसम्म गरेका विकास निर्माण, नीति तथा कार्यक्रम कार्यान्वयन र उपलब्धिहरूको समग्र विवरण समेटेर जानकारी पुस्तिका प्रकाशन गरेको छ ।

नयाँ वर्षको अवसर पारेर प्रकाशित सो पुस्तिकामा पूर्वाधार विकास क्षेत्रमा नगरपालिकाले आन्तरिक तथा बाह्य स्रोतबाट जम्मा ३२ किलोमिटर सडक कालोपत्रे निर्माण गरेको उल्लेख गरिएको छ । यस्तै, ३० किलोमिटर पेबल्स सडक, ४४ किलोमिटर ग्राभेल, ११ किलोमिटर ड्रेन र ४४ किलोमिटर एजिङ निर्माण भएको जनाइएको छ ।

विगत ३ आर्थिक वर्षको सामाजिक, कृषि, स्वास्थ्य, शिक्षाका साथै विकास निर्माण लगायत धेरै क्षेत्र समेटिएको सो बुकलेटमा वन, वातावरण र विपद् व्यवस्थापनको अवस्थाका बारेमा पनि उल्लेख गरिएको छ । यस्तै सार्वजनिक सेवा र क्षमता विकाससँग सम्बन्धित नियमावली, कार्यविधि, निर्देशिका र ऐन को तथ्याङ्क समेटिएको छ । यस्तै न्यायिक समितिले गरेका काम उल्लेख गरिएको छ ।

हालसम्म १४ वटा ऐन, ६ वटा नियमावली, १८ वटा कार्यविधि, २ वटा निर्देशिका र २ वटा मापदण्ड गरी जम्मा ४२ वटा कानुनी दस्तावेज तयार पारिएको बताइएको छ ।

चैत अन्तिम साता भएको नेकपा एमालेको नगर अधिवेशनमा पहिलो पटक वितरीत सो बुकलेट हाल नगरपालिका र वडा कार्यालयमा जाने सेवाग्राहीलाई वितरण गर्ने गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments