विराटचोकः साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ० दशमव १३ प्रतिशत अर्थात ३ दशमलव ५८ अंकले बढेर २ हजार ६६१.६० विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता शेयर ८९ हजार १६१ पटक किनबेच हुँदा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजा १४४ रुपैयाँको शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन गत बिहिबार ७ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छाएको दिन आज लगानी समूह सर्वाधिक १ दशमलव ८७ प्रतिशतले बढेको छ । आज वित्त समूह सर्वाधिक ० दशमलव ८५ प्रतिशतले घटेको छ ।
आज ङादी ग्रुप पावरको सर्वाधिक ८६ करोड १७ लाख ३८ हजार ९३३ रुपैयाँको शेयर किनबेच भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चरको ५६ करोड ३८ लाख, राधी विद्युत कम्पनीको ५६ करोड २० लाख र एचआईडीसीएलको ५२ करोड ७४ लाख बढीको शेयर कारोबार भएको छ ।
हालै आईपीओ दोस्रो बजारमा सूचीकृत भएका नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयरमूल्य १० प्रतिशतले ङादी ग्रुप पावरको शेयरमूल्य ७ दशमलव ६५ प्रतिशत बढेको छ ।
बजार बढे पनि विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घट्दा नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ दशमलव ५० प्रतिशत, अपर सोलु हाईड्रो इलेक्ट्रिकको ४ दशमलव ९७ प्रतिशत र गुराँस लघुवित्तको शेयरमूल्य ३ दशलमव ७४ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब २५ अर्ब ६५ करोड ९७ लाख ८५ हजार १५८ रुपैयाँ कायम भएको छ ।







