Friday, December 5, 2025
Homeकला र साहित्ययी हुन् आज तरहरामा हुने राष्ट्रिय कविता प्रतियोगितामा छानिएका १० कविता

यी हुन् आज तरहरामा हुने राष्ट्रिय कविता प्रतियोगितामा छानिएका १० कविता

इटहरीः स्वर्गीय कवि नारायण पौडेलको स्मृतिमा आज इटहरी– २० तरहरास्थित रुद्राक्ष पार्टी प्यालेसमा हुने राष्ट्रिय कविता प्रतियोगिताका लागि १० वटा कविता छनोट भएका छन् ।

आयोजक समितिका संयोजक मुक्तिनाथ घिमिरेका अनुसार श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका विद्यार्थीको समूहले आयोजना गर्न लागेको प्रतियोगितामा पहिलो हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिनेछ ।

यसैगरी दोस्रो र तेस्रो हुनेले क्रमशः ४१ हजार एक सय र ३१ हजार एक सय रुपैयाँ पाउनेछन् । प्रोत्साहन पुरस्कार (दुई जनालाई) ११ हजार एक सय रुपैयाँका दरले प्रदान गरिने भएको छ । छनोट भएका अन्य पाँच जनालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरिने भएको छ । समूहले चैत मसान्तसम्ममा कविता पठाउन आह्वान गरेको थियो ।

‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि ४०६ कविता प्राप्त भएको आयोजकले जनाएको छ ।

वाचनका लागि सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न,’ रसुवाकी एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख,’ खोटाङका शुभचन्द्र राईको ‘आशा,’ गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर,’ सिन्धुपाल्चोककी डा. स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ सिराहाका अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र,’ दैलेखका दीपिन सिजापतीको ‘सङ्घर्ष र सङ्कल्प,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवानको म्याराथुन’ शीर्षकका कविता छनोटमा परेका छन् ।

समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार नेपालमै सबैभन्दा बढी राशिको प्रतियोगिता भएको दाबी गरिएको प्रतियोगितामा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका आठ जनालाई सम्मान गरिने बताइएको छ ।

वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवस कार्यक्रमको प्रमुख अतिथि रहनुहुने भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments