विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँ र चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला २ हजार रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको थियो । चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ बढेको थियो ।







