दुलारीः ड्राइभिङ स्कुल संघ कोशी प्रदेशको दोस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारण सभा शिव श्रेष्ठको अध्यक्षतामा नव कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै सम्पन्न भएको छ ।
शनिबार सिन्देल बन्धु प्रतिष्ठानको सभाहलमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यक्रमको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गर्नुभएको थियो । उहाँले संघले आगामी दिनहरूमा ड्राइभिङ स्कुलहरूको अनुगमन, गुणस्तरीय तालिम, सहकार्य तथा सरकारी निकायसँगको समन्वयमा विशेष दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका ड्राइभिङ स्कुल सञ्चालकहरू, संघका केन्द्रीय प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट ड्राइभिङ स्कुल लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ड्राइभिङ स्कुल संघका कोशी प्रदेश संयोजक योगेन्द्र पोखरेल, प्रदेश अध्यक्ष बाबुराम प्रधान, संघका राष्ट्रिय अध्यक्ष राजकुमार गुरूङ, कोशी प्रदेश सभासद सपना परियार, अमृत अर्याल, पूर्व राज्यमन्त्री राजकुमार ओझा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीलगायतले संघको सफलताको कामना गर्नुभएको थियो ।
ड्राइभिङ स्कुल संघ नेपाल कोशी प्रदेश अध्यक्षमा शिव श्रेष्ठ चयन







