विराटचोकः निर्माणाधीन विराटचोक– घिनाघाट सडक निर्माणमा भएको ढिलाइले पारेको असरका विषयमा जनप्रतिनिधि, स्थानीयवासी, व्यवसायीबीच छलफल भई काम छिटो सम्पन्न गर्न सबैसँग अपिल गरिएको छ ।
बैठकमा सहभागी सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीका अनुसार हिजो सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुखको केदारप्रसाद गुरागाईँको कार्यकक्षमा छलफल भएको हो ।
सडक निर्माणका क्रममा स्थानीय सरोकारवाला घरधनी व्यवसायी एवम् पैदलयात्रीलाई पर्न गएको असुविधा तथा स्वास्थ्यमा परेको असरको बारेमा छलफल भएको थियो ।
सो सडक भएर चल्ने सवारी साधनलाइ अन्यत्र बाईपास गरेर छिटो भन्दा छिटो सहज ढंगले निर्माण कार्य सम्पन्न गर्न जिम्मेवार बन्नुपर्ने विषयमा छलफल गरी निर्माणाधीन सडकको अनुगमन गरिएको कार्कीले जानकारी दिनुभयो ।








