विराटचोकः हिजो कायम भएको उच्च मूल्यको सुनको दामको रेकर्ड आज तोडिएको छ ।
आज सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ९० हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९६० रुपैयाँ निर्धारण भएको छ । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
हिजो सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।







