Friday, December 5, 2025
Homeफिचरसुनको मूल्यले पुनः बनायो उच्च मूल्यको नयाँ रेकर्ड, तोलाको पुग्यो १ लाख...

सुनको मूल्यले पुनः बनायो उच्च मूल्यको नयाँ रेकर्ड, तोलाको पुग्यो १ लाख ८७ हजार रुपैयाँ

विराटचोकः नयाँ वर्षसँगै सुनको मूल्यले आज बैशाख ३ गते पुनः उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख ८७ हजार रुपैयाँ पुगेसँगै यसअघि चैत ३१ गते कायम उच्च मूल्यको रेकर्ड तोडिएको हो । चैत ३१ गते सुनको मूल्य तोलाको १ लाख ८६ हजार रुपैयाँ निर्धारण भएको थियो ।

आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ८७ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९५५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो ।

लगातार तेस्रो दिन सुनको मूल्यले बनायो नयाँ रेकर्ड, वर्षको अन्तिम दिन सुनको मूल्य १ लाख ८६ हजार रुपैयाँ

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments