विराटचोकः आज सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । योसँगै लगातार तेस्रो दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ८६ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रति तोला १ हजार ९६० रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार सुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।
बिहीबार सुनको भाउ तोलामा ५ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ बढेको थियो ।