काठमाडौंः नेपाल–चीन सीमा क्षेत्रमा रहेको चीनको सिगात्सेस्थित दिङ्गी काउन्टीमा केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का आज काठमाडौं उपत्यकाका साथै नेपालको उत्तरी क्षेत्रमा महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले उक्त भूकम्पको तीव्रता ५ म्याग्निच्युड मापन गरेको छ । नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिटरको दूरीमा आज बिहान ४ बजेर ५ मिनेट जाँदा भूकम्प गएको थियो ।







