विराटचोकः चैत २९ गते सम्पन्न नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशनबाट अध्यक्ष पदमा डिल्ली ढकाल विजयी हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि २८८ मतदातामध्ये २८६ जनाले मतदान गरेका थिए ।
अध्यक्ष पदमा डिल्लीप्रसाद ढकालले १५७ मत ल्याएर विजयी हुँदा अर्का प्रतिष्पर्धी हेमराज सुवेदीले ११५ मत ल्याउनुभयो ।
उपाध्यक्ष पदमा दुर्गा भट्टराई १६४ मतसहित विजयी हुँदा प्रतिष्पर्धी अम्बिका दाहाल (निरौला) ले १०० मत ल्याउनुभयो ।
सचिव पदमा दावा लामा १४९ मत ल्याई विजयी हुँदा अर्का प्रतिष्पर्धी विशाल गुरागाईंले १२१ मत ल्याउनुभयो ।
उपसचिव पदमा खगेन्द्र लिम्बू १६५ मत र राजेन्द्र धमला १२६ मत ल्याएर विजयी हुनुभयो । अन्य प्रतिष्पर्धी युवराज पौडेलले ११४ मत र शोभितमान पौडेलले १०५ मत प्राप्त गर्नुभयो ।