Saturday, June 14, 2025
Homeफिचरसुन्दरहरैंचामा आएर एमालेका नेताले भने, ‘राजतन्त्र फर्कँदैन’

सुन्दरहरैंचामा आएर एमालेका नेताले भने, ‘राजतन्त्र फर्कँदैन’

 

विराटचोकः नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्ने अधिकांश नेताले देशमा राजतन्त्र फर्कने कुनै पनि सम्भावना नभएको बताउनुभएको छ । अधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा उहाँहरूले राजतन्त्र पुनस्र्थापना हुने कुरामा विश्वास नगर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि तथा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा एमालेका प्रभावशाली नेता विनोद ढकाल तथा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले राजतन्त्र फर्कन्छ भन्ने भ्रमलाई सबै नेता कार्यकर्ताले चिर्नुपर्ने बताउनुभयो ।

नगर प्रमुख गुरागाईँले भन्नुभयो ‘नेकपा एमालेलाई कमजोर बनाउन सक्यौँ भने यो मुलुकको वर्तमान व्यवस्थालाई ढाल्न सकिन्छ भनेर केही मानिस जुलुस निकालेर लागिरहेका छन् ।’ ५० जनाले जुलुस निकाल्दैमा व्यवस्था नढल्ने उहाँको भनाइ थियो ।

एमाले उपाध्यक्ष बरालले भन्नुभयो, ‘आज लोकतन्त्रको विरुद्धमा जस्ता खालका बाछिटा विभिन्न ठाउँबाट चलाउन खोजिए पनि त्यो सफल हुँदैन ।’ सानो प्रयासबाट लोकतन्त्र प्राप्त नभएकाले सानातिना बाछिटाले कुनै प्रभाव नपार्ने उहाँको भनाइ थियो ।

नेकपा एमालेका प्रभावशाली नेता ढकालले यो राजनीतिक व्यवस्था समावेशितासहितको अधिकारसम्पन्न व्यवस्था भएकाले यसलाई सजिलै ढाल्न सकिन्छ भन्ने सोच्न नसकिने बताउनुभयो । प्रतिगमनकारी तत्त्व सलबलाइरहेको अहिलेको अवस्थामा एमालेका नेता, कार्यकर्ताले प्रतिवाद गरी लोकतन्त्रलाई बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments