Saturday, June 14, 2025
Homeफिचरनेकपा एमाले सुन्दरहरैंचाको खुला सत्र सम्पन्न, नयाँ नेतृत्वका लागि मनोनयन पत्र दर्ता...

नेकपा एमाले सुन्दरहरैंचाको खुला सत्र सम्पन्न, नयाँ नेतृत्वका लागि मनोनयन पत्र दर्ता हुँदै

विराटचोकः नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशन आज विराटचोकमा शुरु भएको छ । अधिवेशनको खुला सत्र सम्पन्न भएको छ । बन्द सत्र अहिले नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको काम भइरहेको जिल्ला सदस्य मनोज दाहालले बताउनुभयो ।

नेतृत्व चयन सर्वसम्मत भए आज राति नै नेतृत्व चयन हुने र निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गर्नुपर्ने भए भोलि निर्वाचन हुने पार्टीले जनाएको छ ।

अधिवेशनका प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन सत्रलाई सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, पार्टीका जिल्ला अध्यक्ष अजम्बर राई, सुन्दरहरैंचा इन्चार्ज धनमाया तामाङ र नेता विनोद ढकालले सम्बोधन गर्नुभएको थियो ।

नगर अध्यक्ष मातृका ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव सन्तोष घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीको नगर कमिटीलाई कार्यालय प्रयोजनार्थ निःशुल्क कोठा उपलब्ध गराउनुहुने युवराज पौडेललाई सम्मान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments