Thursday, April 17, 2025
Homeफिचरनेतृत्व चयन सर्वसम्मत गर्न नेकपा एमालेका उपाध्यक्ष गुरु बरालद्वारा अनुरोध

नेतृत्व चयन सर्वसम्मत गर्न नेकपा एमालेका उपाध्यक्ष गुरु बरालद्वारा अनुरोध

विराटचोकः नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले पार्टीको सुन्दरहरैंचा नगरपालिकाको दोस्रो अधिवेशनलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेतृत्व चयन सर्वसम्मत गर्न जोड दिनुभएको छ ।

‘सकेसम्म नेतृत्व सर्वसम्मत चयन गर्नुहोस्’ उहाँले भन्नुभयो, ‘निर्वाचनमा जानु परे पनि त्यसलाई सधैँ इगोको रुपमा नलिनुहोस् ।’

नेतृत्व चयनका क्रममा आफूबीचको प्रतिस्पर्धा आवश्यक रहेको भन्दै नेताले आफैंसँग प्रतिस्पर्धा गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । आफैँसँगको प्रतिष्पर्धाले व्यक्तिगत विकासका साथै संस्थागत उन्नति हुनेमा उहाँले जोड दिनुभयो ।

‘म नगर अध्यक्ष भएँ भने के गर्छु भन्ने कुरा स्पष्ट हुनुपर्छ,’ उहाँले नेतृत्वको चयनमा कडा प्रतिबद्धता र स्पष्ट योजना हुनुपर्ने बताउँदै नगरलाई अझ राम्रो बनाउने उद्देश्यका साथ नेतृत्व गर्न चाहने अघि सर्नुपर्ने बताउनुभयो । सुन्दरहरैंचावासीलाई विकासको महसुस गराउन तथा सेवा सुधारमा केन्द्रित रहने नेतृत्व आवश्यकता रहेको उहाँको भनाइ थियो ।

नगर अधिवेशनमा प्रस्तुत नगर समितिको प्रतिवेदन हरेक कार्यकर्ताले अध्ययन गर्नुपर्ने र त्यसका आधारमा आगामी योजनाहरू तय गरिनुपर्ने जोड दिँदै प्रतिवेदनमा उल्लेख गरिएका विषय सफलतापूर्वक कार्यान्वयन गर्न सकेमा कुनै पनि पार्टीले नेकपा एमालेलाई परास्त गर्न नसक्ने बरालले बताउनुभयो ।

भिडियो

https://www.facebook.com/share/v/15tbnJJxwM/

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments