Saturday, June 14, 2025
Homeफिचरविशाल गुरागाईँः विद्यार्थी राजनीतिबाट वडा, क्षेत्र हुँदै नगर कमिटीतिर पाइला चाल्दै

विशाल गुरागाईँः विद्यार्थी राजनीतिबाट वडा, क्षेत्र हुँदै नगर कमिटीतिर पाइला चाल्दै

तीनपैनीः राजनीतिक परिवर्तनका लागि समर्पित नयाँ पुस्ताको प्रतिनिधि पात्रको रूपमा उदाउनुभएका विशाल गुरागाईं विद्यार्थी जीवनदेखि नै समाज रूपान्तरणमा समर्पित व्यक्तित्व हुनुहुन्छ । उहाँ केवल पार्टीको सदस्य मात्र होइन, एक विचारशील र अग्रगामी नेतृत्वकर्ताका रूपमा पनि चिनिनुहुन्छ ।

विभिन्न संघसंस्थामा आबद्ध गुरागाईँ चैत २८ गते हुने नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको सचिव पदको लागि उम्मेद्वारी दिँदै हुनुहुन्छ । डिल्ली ढकालको समूहबाट उम्मेद्वारी दिन लाग्नुभएको गुरागाईको राजनीतिक पृष्ठभूमि यस्तो रहेको छः

विद्यार्थीकालमा राजनीतिक यात्रा प्रारम्भ
गुरागाईंको राजनीतिक यात्रा २०४८ सालमा शुरु भएको हो । त्यतिबेला उहाँ विद्यार्थी राजनीतिमा हुनुहुन्थ्यो । सामाजिक न्याय, समान अवसर र शिक्षा प्रणालीमा सुधारको पक्षमा बोल्न थालेपछि उहाँको नाम विद्यार्थीमाझ चर्चित हुन थाल्यो । स्कुल तथा क्याम्पसहरूमा आयोजित बहस, छलफल तथा जागरण कार्यक्रमहरूमा सक्रिय सहभागी भएर उहाँले नेतृत्व क्षमता अभिवृद्धि गर्ने मौका पाउनुभयो ।

सङ्गठन निर्माण र सामाजिक अभियान
राजनीतिक चेतनासँगै गुरागाईंले सङ्गठन निर्माणमा पनि उत्तिकै योगदान दिनुभएको छ । स्थानीय स्तरमा युवाहरूलाई परिचालन गर्दै राजनीतिक सङ्गठनमा आबद्ध गराउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

निरन्तर सक्रिय
हाल उहाँ सामाजिक, शैक्षिक र राजनीतिक विषयमा निरन्तर क्रियाशील हुनुुहुन्छ । सामाजिक सञ्जालमार्फत् युवालाई जागरुक बनाउन, समसामयिक विषयमा जनमत तयार गर्न र नेतृत्व विकासका लागि छलफल चलाउन उहाँ अग्रसर हुनुहुन्छ ।

राजनीतिक अनुभव
साबिक सुन्दरपुर गाउँ कमिटीमा दुई कार्यकाल सचिवको जिम्मेवारी वहन गर्नुभएका गुरागाईँ सुन्दरदुलारी नगर कमिटी सदस्य हुनुभएको थियो । सुन्दरहरैंचा वडा नम्बर ५ को वडा समितिमा दुई कार्यकाल अध्यक्ष रहनुभएका उहाँले गत स्थानीय निर्वाचनमा आफ्नो वडाबाट नेकपा एमालेका उम्मेद्वारलाई भारी मतले जिताउन सफल हुनुभएको थियो ।

भविष्यका योजना
उहाँ युवा, विद्यार्थी तथा राजनीतिक सचेत वर्गबीच सकारात्मक संवादका कार्यक्रम, कार्यशाला र क्षमता विकास अभियान सञ्चालन गर्ने योजनामा हुनुहुन्छ । नयाँ पुस्तालाई सही मार्ग निर्देशन दिन सक्ने नेतृत्व तयार गर्न आफू सधैँ अग्रसर रहने उहाँको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments