विराटचोकः आज पुनः सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ बढेको छ । चाँदीको भाउ भने तोलमा २५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ८० हजार ३०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९९५ रुपैयाँ रहेको छ ।
हिजो सुनको भाउ तोलामा ६०० रुपैयाँ र चाँदीको तोलामा १५ रुपैयाँ घटेको थियो ।







