विराटचोकः विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज चैत २१ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात् एफपीओ निष्काशन गर्ने भएको छ ।
सो लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । सो शेयरका लागि लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि २०८२ बैशाख ४ गतेसम्म लम्बिने लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
न्यूनतम १० र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने सो एफपीओका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।







