Friday, December 5, 2025
Homeफिचरकमलपुर सामुदायिक वनद्वारा ४५ जना उपभोक्तालाई निःशुल्क स्वास्थ्य बीमा

कमलपुर सामुदायिक वनद्वारा ४५ जना उपभोक्तालाई निःशुल्क स्वास्थ्य बीमा

लेटाङः कमलपुर सामुदायिक वन उपभोक्ता समूह लेटाङले आर्थिक विपन्न उपभोक्ताहरुको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । उपभोक्ता समूहको सभहलमा विशेष कार्यक्रम गरी सो समुदायिक वन समूहले ४५ जना उपभोक्ताको स्वास्थ्य बीमा गराएको छ ।

बीमा अभिकर्तालाई नै कार्यक्रममा बोलाएर २७ जनाको नयाँ बीमा तथा १८ जनाको बीमा नवीकरण गराइएको हो । उपभोक्ता समूहका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता तथा लेटाङ– ३ का वडाध्यक्ष डम्बरबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय उपमहासचिव सीता श्रेष्ठ, सामुदायिक वन उपभोक्ता जिल्ला महासंघका कोषाध्यक्ष इन्दू चौधरी, सामुदायिक वन उपभोक्ता महासंघ लेटाङका अध्यक्ष आनन्दसागर तिम्सिना, लेटाङ– ३ की वडा सदस्य शरणकुमारी बिक, सब डिभिजन वन कार्यालय लेटाङका सहायक वन अधिकृत स्वस्तिकनन्द सुवेदीलगायतले ती उपभोक्तालाई बीमा कार्ड हस्तान्तरण गर्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments