Friday, December 5, 2025
Homeअर्थआज राष्ट्रिय सहकारी दिवस

आज राष्ट्रिय सहकारी दिवस

विराटचोकः आज देशभर राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावना र व्यवहार मार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थान गर्ने काम सहकारीले गर्ने विश्वास गरिन्छ ।

समाजमा छरिएर रहेको श्रम, सीप, प्रविधि र पूँजीलाई एकत्रित गरेर सदस्यहरूले स्वेच्छाले आफ्ना हितको विषयहरूमा एकसाथ मिलेर काम गर्ने पद्धति नै सहकारी हो । सदस्यहरूले साझा उद्देश्य प्राप्तिको लागि काम गर्ने सहकारी संस्थामा अन्तर निर्भरता हुँदै आत्मनिर्भरतातर्फ उन्मुख हुने गरिन्छ ।

पूँजी होइन सदस्यको बढी महत्व हुने सहकारीका शेयर सदस्य ती संस्थाका मालिक पनि हुन् र ग्राहक पनि । संस्थाका संस्थापक, सञ्चालक तथा कर्मचारीहरू स्थानीय व्यक्तिहरू नै हुन्छन् भने सस्तो लोकप्रियताबाट नभई बलियो सामाजिक आधार भएको समुदाय केन्द्रित व्यवसाय अवलम्बनको नीति लिइएको हुन्छ ।

आफैँले आफ्नो विनियम, सञ्चालन कार्यविधि र मापदण्डहरू तयार गरी सोको आधारमा कार्य सञ्चालन हुने सहकारी संस्थाले वित्तीय विकासका साथै सामाजिक विकास पनि गरेको हुन्छ । शेयर सदस्यबाट मात्र बचत सङ्कलन गर्ने र सदस्यहरूबीच मात्र ऋण लगानी सहकारीको मूलभूत उद्देश्य संलग्न सदस्यहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो ।

नेपालमा चितवन जिल्लाको शारदानगरमा २०१३ साल चैत २० गते स्थापना भएको ‘बखान ऋण सहकारी संस्था’ नै नेपालको पहिलो सहकारी संस्था हो । सोही सहकारीको स्थापना दिवसको दिन नेपालमा सहकारी दिवस मनाइन्छ ।

नेपालको संविधान भाग –४ मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत राज्यको आर्थिक उद्देश्यमा समृद्ध अर्थतन्त्रको विकास गर्ने एक क्षेत्रको रूपमा सहकारीलाई लिइएको छ । राज्यका नीतिहरू अन्तर्गत अर्थ, उद्योग र वाणिज्यसम्बन्धी नीतिमा “सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने । सहकारी क्षेत्रलाई प्रवर्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने” भनी उल्लेख गरिएको छ ।

पछिल्लो समय नेपालमा सहकारी क्षेत्रमा बढी विकृति देखिन थालेका छन् । देशको राजनीतिसम्म सहकारीकै कारण फेरबदलसम्मको अवस्था सिर्जना हुने गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments