Thursday, January 29, 2026
Homeअर्थचुडामणि चापागाईँ भए नेप्सेका प्रमुख कार्यकारी अधिकृत

चुडामणि चापागाईँ भए नेप्सेका प्रमुख कार्यकारी अधिकृत

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईँ नियुक्त हुनुभएको छ । उहाँले आजै अर्थ मन्त्रालय गएर नियुक्ति पत्र बुझेर त्यसपछि नेप्से कार्यालय पुगेर पद बहाली गर्नुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईँलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । झापाका चापागाईँसँग लामो समय सानिमा बैंकमा आबद्ध रहेर काम गरेको अनुभव छ । पछिल्लो समय भने उहाँ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर हुनुहुन्थ्यो ।

चापागाईँले उर्लाबारी बहुमुखी क्याम्पसमा पनि अध्यापन गराउनुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments