Friday, December 5, 2025
Homeफिचरसुन्दरहरैंचा महिला मञ्चको अध्यक्षमा विमला अधिकारी

सुन्दरहरैंचा महिला मञ्चको अध्यक्षमा विमला अधिकारी

विराटचोकः सुन्दरहरैंचा महिला मञ्चको शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट विमला अधिकारी ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि उहाँ सो मञ्चको सचिव हुनुहुन्थ्यो ।

अधिवेशनले उपाध्यक्षमा मेनुका पाण्डे आचार्य, सचिवमा जानुका ओझा, सहसचिवमा भावना भट्टराई, कोषाध्यक्षमा सरस्वती दाहाल र सहकोषाध्यक्षमा शकुन दियालीलाई चयन गरेको छ ।

सदस्यहरूमा अनुकुमारी शाह, सुमित्रा विश्वकर्मा, सिर्जना नेपाल, राधा आले मगर, मन्जु तिम्सिना, मीना बिष्ट, पार्वती राई सर्वसम्मत चयन हुुनुभएको छ ।

सुन्दरहरैचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको साधारणसभा संस्थाकी अध्यक्ष मीना ओझाको सभापतित्वमा भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments