Friday, December 5, 2025
Homeकला र साहित्यसाहित्यकार पुरन याक्खालिखित दुई कृति एकसाथ विमोचन

साहित्यकार पुरन याक्खालिखित दुई कृति एकसाथ विमोचन

तीनपैनीः भानु साझा पुस्तकालय सुन्दरहरैंचा–५ तीनपैनीका अध्यक्ष पुरन याक्खाका दुई कृतिको एकसाथ शुक्रबार विमोचन गरिएको छ । याक्खाका ‘गर्भभित्र’ कविता सङ्ग्रह र ‘झुपडी’ कथा सङ्ग्रहको प्रा.डा. टंक न्यौपानेले विमोचन गर्नुभएको हो ।

कार्यक्रममा विमोचित कृतिमध्ये समीक्षक टीका आत्रेयले कथा सङ्ग्रहभित्र रहेका कथाको र समीक्षक बम देवानले कविता सङ्ग्रहभित्र रहेका कविताको समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा भानु साझा पुस्तकालयका पूर्व अध्यक्ष वीरेश राई, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख पीतकुमार श्रेष्ठ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, कवि मनु मञ्जिल, लेखक तथा अनुसन्धाता केशु विरहीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा अग्रज स्रष्टा कृष्णविनोद लम्साल, कवि तथा कोशी प्रदेश सांसद मीना श्रेष्ठ, अच्छा राई रसिक साहित्य प्रतिष्ठान इटहरीका अध्यक्ष केशव सुनाम, पूर्व अध्यक्ष लेखनाथ घिमिरे, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, कण लघुकथा मञ्चका अध्यक्ष दीप मङ्ग्राती, हामी र हाम्रो कृति समाजका सदस्य एवम् मुक्तक अभियन्ता नवराज पोखरेल ‘नवशिला’ उपस्थित हुनुहुन्थ्यो । स्रष्टाहरू रोहिणी रसिक, प्रिन्स प्रमोद ढकाल, किरण टी लिम्बू, यादव भट्टराई, मिश्रा गुरुङ, पुस्तकालयका सदस्य, स्थानीयवासी, सञ्चारकर्मीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कृतिकार तथा संस्थाका अध्यक्ष पुरन याक्खाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भानु साझा पुस्तकालयका साहित्य सचिव गीताप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

विमोचित कृतिभित्रका कविताहरुको वाचन साहित्यकार रुपनारायण श्रेष्ठ ‘रुपक’, गीताप्रसाद श्रेष्ठ, विशाल गुरागाईँलगायतले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments