Friday, December 5, 2025
Homeफिचरसहकारी दिवसको पूर्वसन्ध्यामा कनकलक्ष्मी साकोसद्वारा गछिया बजार सरसफाइ

सहकारी दिवसको पूर्वसन्ध्यामा कनकलक्ष्मी साकोसद्वारा गछिया बजार सरसफाइ

गछियाः ६८ औँ राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा शनिबार कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुन्दरहरैंचाले गछिया बजारको सरसफाइ गरेको छ ।

सो सहकारी संस्थाको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र विभिन्न उपसमितिका पदाधिकारी सरसफाइ कार्यक्रममा सहभागी भएका थिए । त्यस्तै, संस्थाका कर्मचारी, शेयर सदस्य, स्थानीय बासिन्दा, जनपद तथा ट्राफिक प्रहरीलगायत सरसफाइ कार्यक्रममा सहभागी भएका थिए ।

संस्थाको कार्यालयबाट शुरु भएको सरसफाइ कार्यक्रम गछिया खोलाको पुलसम्म सञ्चालन भएको थियो । दक्षिणतर्फ दुलारी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयसम्म सरसफाइ गरिएको थियो ।

सहकारी दिवसको दिन चैत २० गते जिल्लाभरका सबै सहकारीले विराटनगरमा सामुहिक रुपमा सहकारी दिवस मनाउने भएकाले कनकलक्ष्मीले दिवसको पूर्वसन्ध्यामा बजार सरसफाइ कार्यक्रम सञ्चालन गरेको संस्थाका व्यवस्थापक गोपाल देउजाले जानकारी दिनुभयो ।

सुन्दरहरैंचाका ८ ओटा सहकारी संस्था एकीकरण भएर बनेको सो सहकारी प्रदेशकै एक उत्कृष्ट सहकारी संस्थाको रुपमा रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments