Friday, December 5, 2025
Homeफिचरप्रदर्शनमा पत्रकारको ज्यान गएपछि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय अमेरिकाले निकाल्यो प्रेस...

प्रदर्शनमा पत्रकारको ज्यान गएपछि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय अमेरिकाले निकाल्यो प्रेस विज्ञप्ति

विराटचोकः हिजो भएको राजावादीको प्रदर्शनमा पत्रकारको ज्यान गएपछि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय अमेरिकाले प्रेस विज्ञप्ति जारी गरेर घटनाको भर्त्सना गरेको छ ।

अध्यक्ष रामप्रसाद खनाल र महासचिव टंक दाहालद्वारा जारी विज्ञप्तिमा सो घटना पत्रकारिताको इतिहासमै एउटा दुःखद घटना भएको जनाइएको छ । यस्तो छ विज्ञप्तिको पूर्ण पाठः

नेपालमा अहिले भइरहेको आन्दोलनको क्रममा काठमाडौँको तीनकुनेमा रिपोर्टिङ गर्दै गरेका एभेन्युज खबर टेलिभिजनका क्यामरा पर्सन \ पत्रकार सुरेश रजक आज मारिएको घटना सुन्दा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका समस्त परिवार स्तब्ध भएको छ। एभेन्युज खबर टेलिभिजनका अनुसार पत्रकार सुरेश रजक जुन घरको ३ तला माथिबाट रिपोर्टिङ गर्दै, प्रदर्शनलाई क्यामरामा कैद गर्दै थिए, सुरुमा घरको छतमा रहेका सादा पोशाकका सुरक्षाकर्मीहरूले छतबाटै प्रदर्शनकारीहरू भए तर्फ अश्रुग्याँस र हवाई फायर गरेको, त्यस लगत्तै प्रदर्शनकारीहरूले घरमा आगो लगाएको र आगो लागिसके पछि रजकले गुहार माग्दा सुरक्षाकर्मीहरूबाट गुहार नपाउँदा आगलागीमा परि वहाँ त्यहाँ मारिनु भएको घटना पत्रकारिताको इतिहासमै एउटा दुखद घटना र कालो धब्बाको रूपमा रहने छ ।

महासङ्घ स्वर्गीय रजक प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ । घटनाको छानबिन गरी दोषी उपर कानुनी कारबाही र पीडित परिवारजनलाई उचित क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका नेपाल सरकारलाई अनुरोध गर्दछ ।

यसै गरि अनलाइनखबर डटकमका पत्रकार दिनेश गौतममाथि पनि प्रदर्शनकारीहरूले गरेको भन्ने समाचार प्राप्त भएको छ। गौतममाथि प्रदर्शनकारीहरूले गरेको कुटपिटको पनि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका निन्दा गर्दछ। स्वतन्त्र प्रेसलाई सम्मान गर्न, पत्रकारहरूलाई निर्बाध रूपमा रिपोर्टिङ गर्ने व्यवस्था मिलाउन सरकार, आन्दोलनकारी लगायत सबै पक्षलाई हामी आग्रह गर्दछौँ। पत्रकार र मिडियाहरूले पनि पत्रकारिताको धर्म र मर्म लाई ख्याल गर्दै आफ्नो काम र कर्तव्यलाई आत्मसाथ गर्न, वायस नहुन र यथार्थ कुरा जन समक्ष पुर्याउने कर्तव्यबाट विमुख नहुन सम्बद्ध सबैमा विनम्र अनुरोध पनि गर्दछ ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, मानवाधिकार प्रति पनि सचेत हुन सम्बद्ध सबैमा ध्यानाकर्षण गराउन चाहन्छ । आफ्नो अधिकारको लागि लड्दै गर्नेहरुबाट अरूको अधिकारलाई पनि सम्मान होस भन्ने चाहन्छ । धन्यवाद ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments