Friday, December 5, 2025
Homeफिचरपत्रकारको मृत्युप्रति नेपाल पत्रकार महासंघको भर्त्सना

पत्रकारको मृत्युप्रति नेपाल पत्रकार महासंघको भर्त्सना

काठमाडौंः राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समूहले गरेको आगजनीमा एक सञ्चारकर्मीको जलेर मृत्यु भएको, विभिन्न सञ्चार गृहको भवनमा आगो लगाउने र सवारी साधन तोडफोड गरी सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य गरेकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हिजो जारी विज्ञप्ति जस्ताको तस्तैः

मिति ः२०८१।१२।१५
राजसंस्थाको पुनस्र्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समुहले आज गरेको आगजनीको समाचार संकलनको क्रममा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सो समुहले आगो लगाएको भवनको समाचार संकलनको क्रममा जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । काठमाडौंस्थित तीनकुनेमा रहेको अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पु¥याएको छ भने कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुंगामुढा गरी समाचार कक्षसम्म आतंक सिर्जना गरिएको छ । यस्तै हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड गर्ने कार्य भएको जानकारी महासंघमा प्राप्त भएको छ ।

जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र संचारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य कार्य भएको महासंघको ठहर छ ।

शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको महासंघ सदैव सम्मान गर्दछ । तर, आन्दोलनको नाममा संचारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार गर्दैन । यस्ता हर्कतमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन महासंघ सरकारसंग जोडदार माग गर्दछ । साथैे, क्षति पु¥याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, संचार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्ह गर्दछ ।

महासंघ लोकतन्त्र र प्रेसविरोधी यस्ता क्रियाकलाप नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छ र यस प्रकारका हर्कत दोहोरिए त्यस विरुद्ध उत्रन बाध्य हुनेतर्फ सचेत गराउंंदछ ।

यसैबीच रजकको जलेर निधन भएको खबरले महासंघ स्तब्ध भएको छ । महासंघ यो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गर्दछ । मृतक पत्रकार रकजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments