विराटचोकः नेकपा एमाले सुन्दरहरैंचाको नगर अधिवेशन यही चैत २८ गते विराटचोकमा हुने भएको छ ।
नगर कमिटी अध्यक्ष मातृका ढकालको अध्यक्षतामा हिजो बसेको बैठकले चैत २८ गते जेसीज भवन विराटचोकमा नगर अधिवेशन गर्ने निर्णय गरेको हो ।
चैत ५ गते बसेको नेकपा एमाले जिल्ला कमिटी मोरङको पहिलो बैठकले चैत ३० गतेसम्ममा जिल्लाका सबै पालिकाको अधिवेशन गरिसक्न निर्देशन दिने निर्णय गरेको थियो ।