Friday, May 23, 2025
Homeपर्यटननेपालमै पहिलो पटक हुन लागेको पर्यटन प्रोजेक्ट सोकेसको प्रदर्शनी मिति परिवर्तन, अब...

नेपालमै पहिलो पटक हुन लागेको पर्यटन प्रोजेक्ट सोकेसको प्रदर्शनी मिति परिवर्तन, अब जेठमा हुने

काठमाडौंः सहभागी विद्यार्थीको परीक्षाको समय परेको हुनाले बैशाख १५ गतेदेखि १७ गतेसम्म एलिसन हस्पिटालिटी प्रालिले नेपालमै पहिलोपल्ट आयोजना गर्न लागेको पर्यटकीय क्षेत्रको प्रोजेक्ट बनाएर प्रदर्शन गरिने मिति परिवर्तन भएको छ ।

आयोजकका अनुसार सहभागी हुन चाहने विद्यार्थीहरुको अनुरोधलाई स्वीकार गरेर तथा प्रतिष्पर्धीहरुको सहजतालाई ध्यानमा राखी कार्यक्रमको सोकेस मिति परिवर्तन गरिएको हो ।

विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले कोशी प्रदेशमा गएर स्थलगत अध्ययन गरी सो क्षेत्रको पर्यटनसँग सम्बन्धित प्रोजेक्ट तयार पार्ने गरी आयोजकले प्रतियोगिता सञ्चालन गर्न लागेको हो । आयोजकका अनुसार पहिलो चरणमा कोशी प्रदेशको पर्यटन प्रोजेक्ट बैंक तयार गर्न लागिएको एलिसन हस्पिटालिटी प्रालिकी अध्यक्ष एलिना मगरले बताउनुभयो ।

पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता २०८२ जेठ ९ गतेदेखि ११ गतेसम्म काठमाडौंस्थित जी रामायणा होटलमा हुने भएको छ । प्रतिष्पर्धामा सामेल हुन चाहने विद्यार्थीका लागि बैशाख १६ गतेसम्म रजिष्ट्रेसन मिति रहने भएको छ । नयाँ फर्म भरेका सहभागीका लागि भर्चुअल ओरिएण्टेसन कक्षा २०८२ बैशाख १७ गते हुने भएको छ । सहभागी हुन चाहने विद्यार्थीले कन्सेप्ट पेपर आगामी वैशाख १९ गते सम्ममा बुझाइसक्नु पर्ने र कन्सेप्ट छनोट २०८२ वैशाख २० गते काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

छनोट प्रक्रियाबाट उत्कृष्ट १० वटा कन्सेप्ट पेपर छनोट गरी प्रतिस्पर्धामा सहभागी गराइने भएको छ । छानिएका १० टिमले कन्सेप्ट पेपरमा तोकिएको स्थलमा गएर स्थलगत अध्ययनपश्चात सो प्रोजेक्टको ड्रइङ्ग, थ्री डी, प्रोजेक्टको डमी, प्रोजेक्ट प्रेजेन्टेशन तयार गरी प्रतिष्पर्धामा सहभागी हुनुपर्ने बताइएको छ ।

प्रतिष्पर्धीहरू सिभिल वा आर्किटेक्टको विद्यार्थी हुनुपर्ने र आवश्यकतानुसार टीममा व्यवस्थापन वा सूचना प्रविधिका विद्यार्थीलाई पनि सामेल गराउन सकिने बताइएको छ । प्रतिष्पर्धीको टिममा अधिकतम ५ जना हुनुपर्ने प्रावधान राखिएको छ ।

प्रतियोगितामा पहिलो हुने टिमलाई नगद रु.१ लाख, दोस्रोलाई नगद रु. ५० हजार, तेस्रोलाई रु. २५ हजार र सहभागी सम्पूर्ण टिमले रु. १० हजार साथै प्रमाणपत्र र आकर्षक गिफ्ट पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा प्राविधिक सहयोग नेपाल ईन्जिनियर्स एसोसिएसन र सोसाईटी अफ नेपलिज आर्किटेक्टले गर्ने भएको छ । साथै इन्जिनियरिङको क्षेत्रमा काम गरिरहेका अन्य संस्थाहरुसँग पनि सहकार्यको लागि छलफल भइरहेको जनाइएको छ ।

कोशी प्रदेश सरकार र उद्योग वाणिज्य संघ प्रवद्र्धक रहेको सो प्रतियोगितामा विद्यार्थीले तयार पारेका प्रोजेक्ट काठमाडौंमा ३ दिन प्रदर्शनी गरेपछि कोशी प्रदेशमा पनि प्रदर्शनी गरिने र ती प्रोजेक्ट कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरिने अध्यक्ष मगरले बताउनुभयो । कार्यक्रमको व्यवस्थापन इटहरीको काफल इभेन्ट्सले गरिरहेको छ ।

प्रतियोगिताका प्रमुख उद्देश्य नवीन तथा दिगो पर्यटन संरचना तथा योजना विकास गर्ने, स्थानीय सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन व्यवसाय प्रवद्र्धनमा नयाँ उपायहरूको खोजी गरी विद्यार्थीहरूलाई व्यावसायिक स्तरमा अवसर प्रदान गर्ने रहेको छ । सो प्रदर्शनीमा लगानीकर्तालाई पनि अवलोकनका लागि आह्वान गरिने भएको छ । नवप्रवर्तक विद्यार्थी र लगानीकर्तालाई जोड्नका लागि आयोजकले पुलको काम गर्ने सो कार्यक्रममा संघीय सरकार, प्रदेश सरकार, स्थनीय निकाय, योजना आयोग, एनआरन, उद्योग वाणिज्य संघ, लगानी बोर्ड, पर्यटन बोर्ड, वित्तीय संस्था, विद्यार्थी लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments