Saturday, June 14, 2025
Homeफिचरकार्यकाल सकिनु साढे चार महिनाअघि हटाइए कुलमान

कार्यकाल सकिनु साढे चार महिनाअघि हटाइए कुलमान

विराटचोकः मन्त्रिपरिषद्ले अन्ततः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गर्ने निर्णय गरेको हो । कुलमानको कार्यकाल २४ साउन २०८२ मा सकिँदै थियो ।

कुलमानको ठाउँमा मन्त्रिपरिषद्ले प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि २५ साउन २०७८ मा तत्कालीन कार्यकारी निर्देशक शाक्यलाई हटाएर कुलमानलाई सो पदमा दोस्रोपटक नियुक्त गरिएको थियो ।

सरकारसँगको लामो द्वन्द्वपछि मन्त्रिपरिषद्ले १२ फागुनमा कुलमानलाई पदबाट किन नहटाउने भन्दै सफाइ पेश गर्न भन्दै स्पष्टीकरण सोधेको थियो । डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकार र कुलमानबीच विवाद थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि पटक–पटक स्पष्टीकरण सोधेको थियो ।

२०७३ सालको तिहारदेखि लोडसेडिङ अन्त्य गरेपछि कुलमानको प्रशंसा शुरु भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments